मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिका–७ को वडा कार्यालय शिलान्यास गरिएको छ ।

आइतबार एक कार्यक्रमका बीच मिक्लाजुङ गाउँपालिका–७ बेलगौडेमा वडा कार्यालय शिलान्यास गरिएको हो । वडाध्यक्ष शुशिलराज चौहानले निर्माण हुन लागेको भवनको शिलान्यास गरेका हुन् । 

७ नम्बरको वडा कार्यालय बनेसँगै मिक्लाजुङका ९ वटै वडाका वडा कार्यालयहरू निर्माण सम्पन्न हुने भएका छन् । ८० लाख रुपैयाँको लागतमा निर्माण हुने वडाध्यक्ष चौहानले बताए ।