धरान । मध्यपहाडी लोकमार्गअन्तर्गत रबुवाबाट दिक्तेलतर्फ जाँदै गरेको ट्याक्टर आफै अनियन्त्रित भई शुक्रबार पल्टिँदा सहचालकको घटनास्थलमै मृत्यु भएको छ ।

तीव्र गतिका कारण अनियन्त्रित भई पल्टिँदा सहचालक रूपाकोटा मझुवागढी गाउँपालिका ४ का १८ वर्षीय पिलक्स राईको मृत्यु भएको हो । स १ त ७०७१ नम्बरको ट्याक्टर पल्टिँदा राईलाई च्यापेको थियो । उनको घटनास्थलमै मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । 

ट्याक्टरका चालक हलेसी तिवाजुङ नगरपालिका ३ का २४ वर्षीय महेन्द्र राईलाई प्रहरी चौकी नुनथलाले नियन्त्रणमा लिएको छ । घटनास्थल जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङबाट १२ किलोमिटर उत्तरमा पर्ने जनाइएको छ ।