धनकुटा । निवुवा, तांखुवा जलाधार क्षेत्र व्यवस्थापन योजनाको कार्यान्वयन रणनीति विषयक साझेदारी संस्थासँगको अन्र्तक्रिया कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
धनकुटाको होटल मुर्चुङ्गामा सम्पन्न अन्र्तक्रिया कार्यक्रममा जलाधार क्षेत्रसँग सम्वन्धित स्थानिय तहले जलाधार व्यवस्थापनका लागि स्थानिय तहले सकेसम्म सहयोग गर्ने प्रतिवद्धता व्यक्त जनाएको छ ।
अन्र्तक्रिया कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ्ग र छथर जोरपाटी गाँउपालिकाका अध्यक्ष शेरबहादुर लिम्बुले आयोजनाको सफल कार्यान्वयनका लागि प्रतिवद्धता व्यक्त गरेका छन् ।
अन्तरक्रिया कार्यक्रममा इसिमोडका क्षेत्रीय निर्देशक डा.अरुणभक्त श्रेष्ठले आयोजनाको वारेमा जानकारी दिएका थिए । कार्यक्रममा आयोजना प्रभावित क्षेत्रमा विभिन्न सरकारी र गैर सरकारी निकायका प्रतिनिधिले विनियोजन गरेका कार्यक्रमहरुको प्रस्तुति दिएका थिए ।
कार्यक्रमको समापन कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामवहादुर थापा, छथर जोरपाटी गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलराज थापा मगरलगायतकाले आ–आफ्नो धारणा राखेका थिए ।