भद्रपुर । हातीको आक्रमणबाट बिर्तामोडकी एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बिर्तामोड ८ नेपाल चोक बस्ने ५० वर्षिया लतुमाई मर्डी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बिहीबार मध्यान्ह ४ बजे भद्रपुर १० देउनिया जङ्गलमा मृतकका श्रीमान सुकलाल मर्डीसहित निगुरो टिपिरहेको अबस्थामा आएको जङ्गली हातीले लतुमार्ईलाई सुँडले च्यापी चन्द्रगढी सामुदायिक बनतर्फ लिएर गएको थियो ।

मृतकका श्रीमानले अस्थायी प्रहरी चौकी गरामनीमा जानकारी गराउन साथ अस्थायी प्रहरी चौकी गरामनीबाट प्रहरी सहायक निरीक्षकको टोली, जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी नायव निरीक्षकको ७ जनाको टोली , नेपाली सेनाको लप्टनको कमाण्डमा ४० जनाको टोली ,सशस्त्र प्रहरीको सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ११ जनाको टोली, बन कर्मचारी र स्थानीयसमेतले जङ्गलमा खोजी गर्दा चप्पल, पोतेको झुत्तो , कपाल फेला पारेपछि सोही प्रमाणको आधारमा सोही दिन मध्यान्ह ४ बजे सेती खोलाको पैनीमा मृत अवस्थामा शव फेला परेको जिल्लाका डिएसपी राकेश थापाले जनाए । घट्नापछि कानुनी कारवाही अघि बढाइएको उनले जानकारी दिए ।