मधुमल्ला । झापाको दमकमा बुधबार ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ । 

३१ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको सन्दर्भ पारेर ज्येष्ठ नागरिक प्रदेश समिति प्रदेश नम्बर १ को आयोजनामा विभिन्न जिल्लका सामाजिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएका  ६५ वर्ष माथिका ६६ जना  ज्येष्ठ नागरिकहरूलाई सम्मान गरेको ज्येष्ठ नागरिक प्रदेश नम्बर १  समिति उपाध्यक्ष डिल्ली प्रसाद खतिवडाले बताए । 

ज्येष्ठ नागरिक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्बर १ सामाजिक विकाश मन्त्रालय बालबालिका तथा ज्येष्ठ नागरिक महाशाखाकी प्रमुख दुर्गा बरालले ज्येष्ठ नागरिक समाजका गहना भएकाले ज्येष्ठ नागरिकको सम्मान उचित व्यवस्थापनमा प्रदेश सरकार लागी पर्ने बताइन । 

कार्यक्रममा दमक नगरपालिकाका मेयर रोमनाथ ओली, ज्येष्ठ नागरिक अगुवा कमल दाहाल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम दमक नगरपालिका ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठानको सभा हलमा सम्पन्न भएको थियो ।