धरान । इलाम नगरपालिका–१ नेपालटारस्थित मेची राजमार्गमा ट्रकको ठक्करबाट अर्को ट्रकका सहचालकको घटनास्थलमै मृत्यु भएको छ ।
इलामबाट पाँचथर जाँदै गरेको ना ५ ख ४९८७ नम्बरको ट्रकले गलत दिशामा रोकी ओट लगाउँदै गरेको प्रदेश १–०१–००१ ख ३४७१ नम्बरको ट्रकका सहचालकलाई ठक्कर दिँदा मंगलबार घटनास्थलमै मृत्यु भएको हो । ट्रकको ठक्करबाट ताप्लेजुङ थुमेदिनका २३ वर्षीय राजेश नेपालको घटनास्थलमै मृत्यु भएको हो ।
ठक्कर दिने ट्रकका चालक पाँचथर हिलिहाङ–७ का ३३ वर्षीय सुकमान राई र विपरीत दिशामा रोकेर ओट लगाउने ट्रकका चालक चितवन राप्ती नगरपालिका–२ का ३१ वर्षीय केदारनाथ बजगाईलाई अस्थायी प्रहरी चौकी नेपालटारले नियन्त्रणमा लिइएको छ । घटनास्थल अस्थायी प्रहरी चौकीबाट करिब १ किलोमिटर पूर्व पर्छ ।