कोरोना सङ्क्रमणका कारण जारी निषेधाज्ञा खुकुलो हुँदै जाँदा गाउँका साप्ताहिक हाटबजार खुल्न थालेका छन् । हाटबजारमा बढ्दो भीडभाडका कारण सङ्क्रमणको जोखिम बढ्दो छ । वराहक्षेत्र २ स्थित हाटखोला फुटबल क्लबले हाटबजार क्षेत्रमा सङ्क्रमण नियन्त्रण गर्ने उद्देश्यले जनचेतनामूलक अभियान सन्चालन गरेको छ ।

बिहीबारे हाटमा मास्क लगाउन प्रेरित जनचेतना कार्यक्रममा खेलाडीहरुले २२ सय मास्क वितरण गरेका छन् । हाटखोला फुटबल क्लबमा आबद्ध खेलाडीले मास्क र सेनिटाइजर वितरण गरेको सचिव रोहित साहले जानकारी दिए ।

खेलाडीहरुको चेतनामूलक अभियानमा उत्साह थप्न चतरा प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी दम्पति डा अनिल गिरी र डा अन्जु थापाले १० हजार रुपैयाँ नगद सहयोग गरेका छन् ।

फुटबल क्लबले सङ्क्रमण घट्दै जादा खेलाडीहरुलाई नियमित प्रशिक्षण दिने र मैत्रीपूर्ण खेल आयोजना गरिरहेको क्लबका अध्यक्ष विकास सुनुवारले बताए ।

मास्क सेनिटाइजर वितरण कार्यक्रममा खेलाडीहरु वर्तमान राई, खेलकुद महासङ्घका जिल्ला सदस्य अरुण राई, सामुदायिक प्रशिक्षक सूर्य तुम्बाहाम्फेलगायतको उपस्थिति थियो ।

मास्क वितरणमा इलाका प्रहरी कार्यालय चतरा, सशस्त्र सुराक्षा बेस चतराबाट खटिएका सुरक्षाकर्मी, स्थानीय सामाजिक कर्याकर्ता, स्वास्थ्यकर्मी र सन्चारकर्मीहरुको उपस्थिति थियो ।