इराकी प्रधानमन्त्री मुस्ताफा अल–कादिमी इरान पुगेका छन् । उनी आइतबार इरानको राजधानी तेहरानमा पुगेका विभिन्न अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । समाचार एजेन्सीहरुका अनुसार प्रधानमन्त्री मुस्ताफाले इराकको उच्चस्तरीय राजनीतिक तथा आर्थिक टोलीको नेतृत्व गरी इरान पुगेका हुन् । 

उनले इरानका आफ्ना समकक्षीसँग विभिन्न द्धिपक्षीय तथा अन्य आन्तरिक विषयमा वार्ता गर्नुहुने बताइएको छ ।  प्रधानमन्त्री मुस्ताफाले इरानी राष्ट्रपति इब्राहिल राइसीसँग वार्ता गरेका छन् । त्यसक्रममा उनहरुबीच आपसी हितका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयहरुमा कुराकानी गर्ने बताइएको छ ।

साथै सो वार्तापछि इराक र इरानका विभिन्न सहमती र समझ्दारी हुने पनि बताइएको छ । तर के कति विषयमा यी दुई देशका बीचमा सहमति हुदैछ भन्ने बारेमा भने केही बताइएको छैन ।