लायन्स क्लब अफ धरान बुढासुब्बा र पाथीभराको समन्वयमा चतरास्थित असहाय नागरिकलाई नगद र राहात खाद्यान्न उपलब्ध गराइएको छ ।
20210911_094550अस्ट्रेलियामा बसोबास गर्ने आश्विनी शर्माको जन्मदिनको अवसरमा उनले पठाएको १० हजार रुपैयाँ नगद र लायन्स क्लब अफ धरान बुढासुब्बा र पाथीभराको सहयोगमा खाद्यान्न उपलब्ध गराइएको हो ।
चतरा महावीर खोला दक्षिणमा रहेको बस्तीमा बसोबास गरिरहेका झ्यालबुट्टे भनिने कृष्णकुमार माङपाङ राईलाई सहयोग गरिएको सिनियर एडभाइजर राजीव दाहालले जानकारी दिए ।
20210911_094823रिक्सा चलाएर जीवन गुजारा गरिरहेका उनको पक्षघातका कारण शरीर चल्न छडेपछि कष्टकर जीवन बिताउदै आएका छन् । राईको श्रीमती र ३ नाबालक सन्तान छन् । आयस्रोत र बस्ने ठाउँ समेत नभएका उनको परिवारलाई केही समय अघि स्थानीयले सामान्य घर बनाइदिएका थिए ।