धरान : शान्ति सुरक्षा तथा अमनचयन कायम राख्नेमा झापासहित तीन जिल्ला उत्कृष्ट ठहरिएका छन्।

गृह मन्त्रालयले मंगलबार विज्ञप्ति निकाल्दै झापासहित अर्घाखाँची र रुकुमपूर्वलाई उत्कष्ट कार्यसम्पादन गर्ने जिल्लाको रुपमा लिएको छ।

गृहसचिव र प्रमुख जिल्ला अधिकारीबीच वार्षिक रुपमा कार्यसम्पादन सम्झौता हुने गरेको छ। सो कार्यसम्पादनमा झापा उत्कृष्ट ठहरिएको हो। झापासहित उत्कृष्ट ठहरिएका जिल्लालाई गृह मन्त्रालयले पुरस्कृत गर्ने छ।

मन्त्रालयको नीति, योजना, अनुगमन तथा मूल्यांकनको आधारमा आर्थिक वर्ष २०७७÷७८ मा झापासहित तीन जिल्ला उत्कृष्ट ठहरिएको गृह मन्त्रालयले जनाएको छ।

मूल्यांकन गर्दा कार्यसम्पादन सम्झौताको छ वटा बुँदालाई आधार बनाइएको थियो।

गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार उत्कृष्ट ठहरिएका जिल्लालाई प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सम्मान गरिने छ।

शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागुऔषध नियन्त्रण, विपद जोखिम न्युनीकरण तथा जोखिम व्यवस्थापन, विकास निर्माण अनुगमन र समन्वय÷सदाचार र आर्थिक अनुशासन सम्बन्धित कार्यसम्पादनको समग्र मापन आधारमा ती जिल्लालाई उत्कृष्ट ठह¥याइएको पोखरेलले बताए।

जिल्लाका कार्यसम्पादन मूल्यांकनमा प्रजिअ र एसपीको मुख्य भूमिका रहने गरेको छ। उत्कृष्ट सूचीमा परेकामध्षे झापामा श्रवणकुमार तिम्सिना प्रमुख जिल्ला अधिकारी छन् भने प्रहरी उपरीक्षक सानुराम भट्टराई छन्।