धरान । धरान -१५ स्थित खाेरिया बस्तीमा रुखमा झुन्डिएको अवस्थामा एक पुरुषको शब फेला परेको छ ।

४२ वर्षीय अमर बराइलीको शव झुन्डिएको अवस्थामा  फेला परेको इलाका प्रहरी कार्यालय धरानका  इन्स्पेक्टर हेमराज ओलीले जानकारी दिए । 

 नाइलनको डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा  उनको शव फेला परेको हो । मृतक बराइली  मङगलबार दिउँसो ३ बजे देखी घरबाट हराएका  पविारका सदस्यले जानकारी गराए ।  मृतक बराइली  घर निमार्ण गर्ने मिस्त्री   हुन्।   

गए राती साढे आठ बजेको समयमा स्थानीयहरु  पुल नजिकै जंगल जाँदा घटना देखेपछी  स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले बेलुका घटना स्थल सुरक्षित गरी बिहान मात्र  लासको मुचुल्का तयार गरेको हो । 

वीपी कोइराला स्वाथ्य प्रतिष्ठान धरानमा  शव पोष्टर्माटम गर्न लाने तयारी गरिरहेको प्रहरीले जनाएको छ । मृतक झुण्डीएको हेर्दा असामान्य जस्तो देखिएपनी वाहिरी कुनै पनि चोटपटक नदेखिएको  प्रहरीको भनाई छ । 

घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले  बताएको  छ ।