विराटनगर । विराटनगर – १३ डिएभि स्कुल अगाडी एक जना युवा मृत अवस्थामा फेला परेका छन् । अन्दाजी ३० देखि ३५ वर्ष उमेरका देखिने युवा आज विहान मृत अवस्थामा फेला परेका हुन् । 

मृतक युवाको पहिचान खुलिनसकेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले ब्लाष्ट खबरलाई  जानकारी दिए । ‘घटनास्थलमा प्रहरी टोली पुगेर घटना मुचुल्का उठाउने काम भइरहेको छ,’ डिएसपी श्रेष्ठले भने । घटनाको विषय पोस्मार्टम रिपोटपछि मात्र खुल्ने उनले बताए । 

 शव विराटनगरस्थित कोशी अस्पतालमा पोस्मार्टमा गर्न लैजाने तयारी गरिएको  प्रहरीले जनाएको छ ।  सबै इलाका प्रहरी कार्यालयमा हुलिया विवरण  समेत पठाउने  कार्य भइरहेको प्रहरीको भनाई छ । 

स्थानियका अनुसार मृतक युवा आइतबार साझ डिएसपी स्कूलक अगाडी हिडडुल गर्ने गरेको गरेको बताएका छन् ।  

कसैको घर परिवारबाट व्यक्ति हराएको भएमा  र मृत फेला परेका युवाको हत्याको शंका लागेका मोरङ प्रहरीलाई सम्पर्क गर्न  डिएसपी क्षेष्ठले  आग्रह गरेका छन्।