विराटनगर : मोरङको कटहरी र जहदा गाउँपालिका सिटी सवारी चालकहरू संयुक्त रुपमा आन्दोलित भएका छन् ।
विराटनगर महानगरपाकिालले यातायात व्यवस्था कार्यालयको इजाजत पत्रमा स्थायी ठेगाना महानगरपालिका उल्लेख गरिएका सवारी चालकका लागि मात्रै प्रदेश १ को रजाधनी विराटनगर क्षेत्र भित्र सञ्चालन अनुमति दिने र अन्यलाई निषेध गर्ने निर्णयको विरुद्धमा छिमेकी पालिकाका कटहरी र जहदा सिटी सफारी चालक आन्दोलित भएका हुन् ।
उनीहरूले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरि मजदुर मारा निर्णय विराटनगर महानगरपालिकाले तत्काल सच्याउनुपर्ने माग सिटी सवारची चालकहरूको रहेको छ । महानगरपालिकाले छिमेकी पालिकामा दर्ता र स्थायी बसोबास भएका तीन पाङग्रे सिटी सफारीका चालकलाई महानगर क्षेत्रको रुटमा निषेध गर्ने निर्णय सोमबारदेखि लागू हुने भएकोले त्यसको विरोधमा आन्दोलनको उत्रिने चेतवनी पत्रकार सम्मेलन गरेर जानकारी गराएको सिटी सफारी चालक संघका अध्यक्ष एवं कटहरी–जहदा सिटी सफारी चालक संयुक्त संघर्ष समितिका संयोजक अध्यक्ष काशिराम राजवंशीले जानकारी दिए ।
महानगरपालिकाले तीन पाङग्रे सिटी सफारी (ई–रिक्सा) को नविकरण, रुट इजाजत, चालक अनुमति पत्र तथा जाँचपास कार्य थालनी गरेसँगै छिमेकी पालिकाबाट महानगरपालिकामा प्रवेश गर्ने सफारीलाई निषेध गर्ने निर्णयले रोजगारी खोसिएको उनीहरुको गुनासो छ । महानगरपालिकाले यातायात व्यवस्था कार्यालयको इजाजत पत्र र स्थायी बसोबासको आधार मानेर रुट परर्मिट तय गर्ने निर्णय गरेको गरेको छ । जसले महानगरपालिकासँग जोडिएका मोरङको कटहरी, जहदा, बुढीगंगा गाउँपालिकामा बसोबास गरि सिटी सफारी सञ्चालन गर्दै आएका चालकहरुलाई मर्का परेको अध्यक्ष राजवंशीले बताए । ‘महानगरपाकिाले गरेको निर्णाय तत्काल सच्याउनु पर्नेछ । नभए सिटी सवारी चालकहरू आन्दोलनमा होमिन बाध्य हुनेछौं,’ संघर्ष समितिका अध्यक्ष राजवंशीले भने, ‘हाम्रो माग सुनवाइ नभए सिटी सवारी चालकहरु चरणबद्ध रूपमा आन्दोलनमा उत्रिनेछौं ।’
महानगरपालिका क्षेत्रमा सवारी जाम बढेको र त्यसको न्यूनिकरणको लागि छिमेकी पालिकाबाट यात्रु बोकेर विराटनगर आउने सिटी रिक्साहरुलाई सोमबारदेखि प्रतिबन्ध लगाईने भन्दै सूचना जारी गरिएको छ । त्यसको विरोधमा मोरङको कटहरी र जहदा गाउँपालिकामा स्थायी बसोबास रहेका चालकहरुको संयुक्त संघर्ष समिति गठन गरेर विरोधमा उत्रिएका हुन् ।
संर्घष समितिका अध्यक्ष राजबंशीले महानगरपालिकाले गरेको निषेधले आफूहरुको रोजगारी खोसिने बताए । यस अगाडीसम्म विराटनगर महानगरपालिका भित्र प्रवेश गर्ने सिटी सफारीले दैनिक १० रुपिँया सवारी कर बुझाउँदै आएका थिए । महानगरपालिकाले हाटखोला, बरगाछी र केशलियामा ढाट राखेर छिमेकी पालिकाबाट प्रवेश गर्ने सिटी सफारीका चालकसँग १० रुपिँया कर असुल्दै आएको संघर्ष समितिका सह–संयोजक दिपक मण्डल राजबंशीको भनाई छ । विराटनगर महानगरपालिका राजश्व प्रशासन महाशाखा प्रमुख राजेन्द्र प्रधानका अनुसार प्रदेश सवारी तथा यातायात व्यवस्थापन ऐन २०७६ तथा प्रदेश सवारी तथा यातायात नियमावली २०७७ र विराटनगर यातायात व्यवस्थापन कार्यविधि २०७७ अनुसारको नियम बमोजिम अन्य पालिकाबाट प्रवेश गर्ने सिटी सफारीलाई रुट पर्मिट नदिने निर्णय भएको हो । महानगरपालिकाले गत भदौ १० गतेदेखि यहि ऐन, नियमावली र कार्यविधिमा टेकेर तीन पाङग्रे सवारीको नविकरण, रुट इजाजत, चालक अनुमति पत्र तथा जाँचपास कार्य थालनी गरिसकेको छ ।
विराटनगर महानगरपालिका मात्रै ४ हजार ४०० सिटी सफारी रहेको अनुमान गरिएको छ । महानगरको दर्ता प्रक्रियाभित्र प्रवेश गरेपछि यसको यकिन संख्या आउने महाशाखा प्रमुख प्रधानको भनाई छ । छिमेकी पालिकाबाट समेत सिटी सफारी प्रवेश गर्दा महानगरको ट्राफिक व्यवस्थापन चुनौती भएकोले सर्वपक्षीय हितका लागि यस्तो निर्णय गरिएको प्रधानले बताए ।