झापा । शिवसताक्षी नगरपालिका ११ झिलझिलेस्थित पुर्व(पश्चिम राजमर्गमा लहरीको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा शिवसतासक्षी नगरपालिका ८ की ३३ बर्षीया सुनिमा राई लिम्बु रहेकी छिन् ।
शनिबार बेलुका ७ बजे पश्चिम तर्फ जादै गरेको प्र२ (०३(००१ ख ४२३० नम्बरको लहरीले ठक्कर दिई गम्भिर घाईते भएकी उनको उपचारको लागि बी एण्ड सी अस्पताल बिर्तामोड लाने क्रममा बाटैमा मृत्यु भएको थियो ।
ठक्कर दिने लहरी र चालक चितवन राप्ती नगरपालिका १ का ३१ बर्षीय प्रबिन लामा ईलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।