पथरी । मोरङको कानेपोखरी –६ स्थित शिवालय चोकको ३० वर्षीय पूर्णबहादुर बोहोरालाई तत्काल रिहाई गर्न प्रहरीसँग माग गरेका छन् ।
राजनीतिक मुद्दा र व्यक्तिगत विषयललाई लिएर विभिन्न व्यक्ति लागेर फसाईएको बताउँदै सत्य तथ्य छानविन गरी तत्काल रिहाई गर्न माग गरेको हो ।
बोहोराको परिवारले विहिबार पथरीमा पत्रकार सम्मेलनको आयोजना गरी सो कुराको माग गरेका थिए । राजनितिक मुद्दा र व्यक्तिगत विषयलाई लिएर धेरै व्यक्ति लागेर आफ्नो श्रीमानलाई फसाएको उनको श्रीमती सुनिता बोहोराले बताईन् ।
बोहोरा परिवारले विज्ञप्ती प्रकाशित गर्दै अहिले सम्म परिवार र गाउँमा असल, जिम्मेवार व्यक्तिको भूमिका निर्वाह गर्दै आउनु भएको र अहिले सम्म कसैसँग झै झगडा पनि गरेको छैन ।
पेस्तोल सहित पक्राउ परेको रुद्रबहादुर क्षेत्रीले प्रहरीलाई दिएको बयानमा पेस्तोल जस्तो अवैधानीक हतियार पूर्णबहादुरले दिएको भन्ने कुरा गलत रहेकोले बताएका छन् । यसको तत्काल सत्य तथ्य छानविन गर्न समेत विज्ञप्तीमा माग गरेका छन् ।
अवैध हतियार राखेको र व्यत्तिलाई दिएको कुरामा छरछिमेकीलगायत परिवारले कुनै पनि कोणबाट विश्वास गर्न नसकिने दाजु महेन्द्र बोहोराले बताए । सोझोपनको फाईदा उठाई सुनुयोजित तवरले मेरो भाईलाई फसाउन खोजेको हो । सत्य तथ्य छानविन गरी निर्दोषलाई नफसाइयोस भनी उनका दाजुले तत्काल रिहाईको माग गरेका छन् ।
प्रहरीले बुधबार राति ११ः१५ बजेतिर ३० वर्षीय रुद्रबहादुर क्षेत्रीलाई अमेरीकन पेस्तोलसहित पक्राउ गरेको थियो । क्षेत्रीको घरमै लुकाएर राखेको पेस्तोल र तीन राउण्ड गोली पक्राउ पछि क्षेत्रीले पूर्णबहादुर बोहोराले हरियार राख्न दिएको बताएपछि बोहोरालाई पनि सोही राती प्रहरीले पक्राउ गरेको थियो ।
दुवै जनालाई इलाका प्रहरी कार्यालय पथरीमा राखेर आवश्यक अनुसन्धान गरिरहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जनाए ।