धरान । इन्टरनेट सेवा प्रदायक क्लासिक टेकको विषयमा प्रकाशित समाचारप्रति इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

क्लासिक टेकको विराटनगरको ट्राफिक चोकस्थित सेवा केन्द्रमा सेवाग्राहीले तालाबन्दी गरेको समाचार प्रकाशितपश्चात् ‘आवर विराटगर’ ब्लक गरिएको थियो ।

तर, आइस्पानले विना सबुत प्रमाण प्राविधिक समस्यालाई बढावा दिँदै अतिरञ्जित रूपमा समाचार प्रकाशन गरेकोप्रति दुःख लागेको जनाइएको छ । ब्लक भनिएको सञ्चारमाध्यमको वेबसाइटको स्वामित्व र होस्टिङ क्लासिक टेकसँग नरही अन्यत्रै रहेको आइस्पानले जनाएको छ ।

क्लासिक टेकले ब्लक गरेको विषयमा नेपाल पत्रकार महासङ्घ मोरङका सचिव नेत्रपी अधिकारीले एक विज्ञप्ति जारी गरी आपत्ति जनाएका थिए । क्लासिक टेकका आधिकारिक व्यक्तिले पनि सेवा प्रदायक कम्पनीलाई ब्लक गर्ने अधिकार नभएको जनाएको थियो ।

Press-release-of-ISPAN1Press-release-of-ISPAN2