उदयपुरमा चट्याङ्गले लागेर एक जनाकाे मृत्यु भएकाे छ ।
मृत्यु हुनेमा त्रियुगा नगरपालिका–८ देउरीमा गए राति १५ वर्षीय निशान चौधरी रहेकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिएका छन् ।
उनका अनुसार निरन्तर वर्षासँगै परेको चट्याङ्गले घरमै रहेका चौधरी लागेपछि गम्भीर घाइते भएका उनकाे पचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएकाे हाे ।