माेटरसाइकलकाे ठक्करबाट ओखलढुङ्गामा एक पैदलयात्रीकाे मृत्यु भएकाे छ ।
मानेभन्ज्याङ गाउँपालिका वडा नम्बर ५ ताराबारीस्थित सिद्धिचरण राजमार्गमा मोटरसाइकलले पैदलयात्री ठक्कर दिदा एक जना पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ।
बुधबार अपरान्न ओखलढुंगा सदरमुकामबाट हर्कपुर जाँदै गरेको बा ३६ प ३५२२ नम्बरको मोटरसाइकल सोही पालिका ओखरबोटकी ५० वर्षीया कर्ममाया मगरलाइ ठक्कर दिएकमाे थियाे । ठक्करबाट गम्भिर घाइते भएकी उनकाे उपचारकाे क्रममा मिसन अस्पताल ओखलढुंगामा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय, ओखलढुंगाले जनाएकाे छ ।
कार्यालयका अनुसार मोटरसाइकल र चालक सोही स्थानका २१ वर्षीय रेवतबहादुर पुलामी मगर प्रहरी चौकी मानेभन्ज्याङको नियन्त्रणमा छन्।
घटना सम्बन्धमा थप अनुसन्धान अघि बढाएको प्रहरीले बताएको छ।