उदयपुर । उदयपुर त्रियुगा नगरपालिका ८ देउरीका १४ बर्षीय निशान चौधरीको चट्याङ लागेर मृत्यु भएको छ ।
हिजो बेलुका ७ बजे घर नजिकै रहेको चौरीबाट खेली घर फर्कने क्रममा अबिरल बर्षात सगै परेको चट्याङ लागेर अचेत अवस्थामा रहेका उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा बेलुका पौने ९ बजे मृत्यु भएको थियो ।
घटनाको बारेमा थप अनुन्धान भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।