सिरहा । मिर्चैया नगरपालिकाको लागि सहायक कम्प्युटर अपरेटर छनौटको लागि परीक्षा आज लिएको छ ।

उक्त परीक्षा मिर्चैया नगरपालिका वडा नं.५ स्थित रहेको श्री मोहन उ.मा.वि. मिर्चैयाको परीक्षा हलमा भएको हो । परीक्षामा सहभागी भएका परीक्षार्थीकहरू पुरुष ११९ र महिला २६ जना सहभागी भएको थियो ।

जम्मा १६७ परीक्षार्थीकमा १७ जना पुरुष र ५ जना महिला परीक्षार्थीक अनुपस्थित रहेको थियो, भने परीक्षामा जम्मा परीक्षार्थीक १४५ जना सहभागीको मिर्चैया नगरपालिकाका प्रशासन शाखा प्रमुख जित साहले बताए ।