धरान । नेपाल मगर सङ्घ धरान नगर कमिटी मातहतको धरान–१९ कमिटी गठन भएको छ । 

सोमबार सम्पन्न भेलाले राजकुमार राना मगरको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा मोहनकुमार थापा मगर, सचिवमा बेकबहादुर आले मगर, कोषाध्यक्षमा अशेष आले मगर चयन भए । यसै गरी सदस्यहरूमा अनिता बाजिम्पाक मगर, वर्षा थापा मगर, सोमकुमारी आले मगर, रामकुमारी थापा मगर, हुमन थापा मगर, शिवकुमारी मगर र प्रकाश मगर रहेका छन् ।

नवगठित समितिका पदाधिकारीलाई मगर सङ्घका नगर अध्यक्ष चित्रराज थापा मगरले सपथ गराएका छन् । धरानका संस्थापक अध्यक्ष नरकुमार मगराती मगरको प्रमुख उपस्थितिमा भएको कार्यक्रममा सङ्घका सुनसरी सदस्य यमनसिह राना मगरलगायतको उपस्थिति रहेको थियो ।