विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका ६ शिवालयदेखि पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले कानेपोखरी ६ का ३० वर्षिय रुद्रबहादुर क्षेत्रीलाई पेस्तोलसहित पक्राउ गरेको हो ।
पक्राउ परेको क्षेत्रको घरदेखि इलाका प्रहरी कार्यालय पथरी र सशस्त्र प्रहरी बल सुरक्षा बेस पथरीशनिश्चरेको टोलीले मेड इन यूएसए लेखिएको एउटा पेस्तोल, तीन राउण्ड गोली र एउटा खुकुरी फेला परेको मोरङ प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार क्षेत्रीले घरमै लुकाएर राखेको अवस्थामा पेस्तोल फेला परेको थियो । क्षेत्रीले दिएको बयानको आधारमा थप एक जना पनि प्रहरीले नियन्त्रणमा लिएको छ । पछि पक्राउ परेका व्यक्तिको संलग्न छ कि छैन खुलीसकेको छैन ।
अहिले दुवै जनालाई इलका प्रहरी कार्यालय पथरीमा राखेर अनुसन्धान गर्दै आएको मोरङ प्रहरीका प्रवक्ता डिएपी दिपक श्रेष्ठले जानकारी दिए । पक्राउ परेका मध्ये क्षेत्र यसअघि पनि ज्यान मार्ने उद्योगमा करिब ढेड वर्ष कैद भुक्तान गरि आएका थिए । सजाय भुक्तान गरेपछि पनि क्षेत्र अपराधिक क्रियाकलपामा संलग्न भएको प्रहरीले जनाएको छ ।