उदयपुरको कटारीमा पहिरोले पुरिएर बालकको मृत्यु भएको छ । 

कटारी नगरपालिका २ मिलन चौकका पोष्टबहादुर मगरका छोरा ७ वर्षीय कर्ण मगरको पहिरोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

हिजो दिउँसो साढे १ बजे घरदेखि अन्दाजी ४ सय मिटरमा रहेको आँप खहरे खोलामा गई खेल्ने क्रममा माथिबाट पहिरो झरी पुरिएर गम्भिर घाइँते भएका उनको उपचारका लागि कटारी अस्पताल ल्याउँदा–ल्याउँदै बाटैमा मृत्यु भएको प्रहरीको इलाका प्रहरी कार्यालय कटारीले जानकारी दिएको छ । प्रहरी अनुसन्धान तथा कानुनी प्रकृया पूरा गरेको जनाएको छ ।