श्री शालिवाहनीय शाके १९४२ ने. सं. ११४१ वि.सं. २०७८ साल भदौ २ गते बुधबार, १८ अगस्त २०२१ । राक्षस संवत्सर श्रावण शुक्लपक्षको एकादशी तिथि १ः३३ बजेसम्म, उप्रान्त मुल नक्षत्र ००ः२२ बजेसम्म, उप्रान्त पूर्वाषाढा, चन्द्रमाराशि धनु, सूर्योदय ५ः३५ र सूर्यास्त ६ः३८ बजे हुनेछ । मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ) स्रोतसाधन जुट्नाले गरिएका कमएको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) सम्भावना देखिए पनि उपलब्धि हातपार्न समय लाग्नेछ । काममा आफ्नो श्रमको प्रतिफल अरुलाई प्राप्त हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) सरोकार नभएका विसयमा चासो राख्दा समस्यामा परिएला । उद्योग र व्यापारमा वृद्धि होला । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मिहिनेतिहरुका लागि उतसाहवद्र्धक समय छ । ज्ञान कला र व्यक्तित्वमा निखारता आउनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आकर्षक उपहारले उत्साह जगाउनेछ । दिउँसोदेखि प्रतिक्षित नतिजाले उत्साह जगाउनेछ । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । धनलाभ र मनग्गे अर्थ सञ्चय गर्ने समय छ । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । सामाजिक तथा धार्मिक कार्यमा अभिरुचि बढ्नेछ । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) काममा आफ्नो श्रम परेपनि प्रतिफलमाथि अरुले राज गर्नेछन् । विचार पु¥याएर अगाडी बढ्न होला । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) आफुले गरेका कार्यमा आत्मसन्तुष्टी प्राप्त हुनेछ । नसोचेका स्थानबाट धनागमन हुनेछ । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) सुख,दुःख बराबरी मध्यम खालको दिनेछ । ठुलो कार्यमा लगानी नगर्दा वेश होला । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) समयमा आलस्य गर्ने वानीले पछि परिनेछ । लगानि बढाउने अवसर भने प्राप्त हुनेछ । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) रमाइलो जमघटका विच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । पहिलेको सपलताले थप हौसला जगाउनेछ ।