पथरी। मोरङको बेलबारी–११, लक्ष्मीमार्ग स्थित लक्ष्मि सामुदायिक वन उपभोक्ता समूहले अवैध रुख कोटेको प्रमाण दिदा पनि वन कार्यालयले वन समूहलाई कारबाही गरेको छैन । 

वन समूहका पदाधिकारीले किरात धार्मिक वनका विभिन्न जातका १४ वटा रुख कटान गरेको प्रमाणसहित किरात धार्मिक वनका पदादादीकारीहरुले उजुरी दिदा पनि वन कार्यालयले कारबाही नगरको गुनासो गरेको हो । लक्ष्मीमार्ग स्थित किरत धर्म संरक्षण समिति डाँगिहाटले संरक्षण गर्दै आएको वन भित्रको टिक, मसला, सिसौ जातको रुखहरु अबैध रुपमा कटान भएको थियो । कुनै प्रकृया पुरा नगरी गैर कानूनी रुपमा रुख कटानहुँदै गर्दा गएको साउन ४ गते किरात धार्मिक वनका पदाकारीहरुले भेला परेका थिए । 

लकडी धुवानीको लागि ट्याक्टर समेत वनमै लगेर छ जनाले रुख काट्दै गर्दा किरात धार्मिक माङहिम (मन्दीर)मा कार्यरत पुजारी लगायतका पदाधिकारीहरले रंगेहात भेटेका थिए । रुख काटिरहेको मजदुरहरुसँग सोधखोज गर्दा लक्ष्मी सामुदायिक वन समूहका अध्यक्ष सुजय गौतमले कटान रुख काट्न आदेश दिएर रुख काटेको बताएको माङहिमका पुजारी शेरमान लिम्बूले बताए । 

किरात धार्मिक वनबाट ९ वटा टिक, ३ वटा मसला, २ वटा सिसौ गरी १४ वटा रुख अबैध रुपमा काटिएको लिम्बूले बताए । त्यहा आएका मजदुरहरुले वन अध्यक्ष सुजय गौतमले काट्न लगाएको भनेपछि लक्ष्मी वनकै कार्यालयमा भेटेर प्रस्न गर्दा रुखहरु प्रकृया मिलाएर ढालेको, त्यसबाट खाट बनाएर उपभोक्तालाई वितरण गरेको जानकारी दिएको किरात धार्मिक वनका उपाध्यक्ष प्रेमकुमार राईले बताए । 

गौतमको कुरा सुनेपछि किरात धार्मिक वन क्षेत्रको रुखहरु ढाल्न वनले कसरी लक्ष्मी वनको अध्यक्षलाई अधिकार दिए भनेर बुझ्न समितिका पदाधिकारीहरु सब डिभिजन वन कार्यालय बेलबारीको प्रमुख दिपेस मिश्रसँग भेटेर बुझ्दा रुख कटानको आदेश नदिएको कुरा बताएको सचिव दीपक राईले बताए । 

236994664_871448273578286_920279350778144654_n

वन अधिकृत दिपेस मिश्रलाई अभियुक्तलाई कारबाही प्रकृया अगाडि बढाउन के गर्नुपर्छ भनेर बुझ्दा उजुरी दिन सुझाव आएपछि रुख ढाल्ने ब्यक्तिहरुलाई कडा कारबाही गर्न निवेदन दिएका थिए । 

अबैध रुपमा रुख काट्न मानिस पठाएर कानूनीको नजरमा अपराध गर्ने सुजय लगायतका ब्यक्तिहरुलाई कारबाही गर्न लिखित रुपमा निबेदन दिएको हप्ता पुग्न लाग्दा पनि बेलबारी वन कार्यालयको प्रमुख दिपेस मिश्रले हालसम्म पक्राउ नगरको भन्दै किरात धर्म संरक्षण समितिले सुक्रबार बिज्ञप्ति प्रकाशन गरी घट्नाको सार्वजनिक गरेको थियो । 

किरात धार्मिक वन भित्र अबैध रुपमा रुख ढाल्दै गरेका छ जना मजदुरहरु र त्यहाँ लगिएको को २ त ६७४८ नम्बरको ट्याक्टर भिडियो, फोटोहरु किरात धार्मिक वनका पदाधिकारीहरुले खिचेका छन् । लक्ष्मी सासुदायिक वन समूहका अध्यक्ष सुजय गौतमले भने शव जलाउन र उपभोक्ताहरुका लागि खाट निर्माण गर्न सुकेका रुख ढालेको स्वीकार गर्दै गलत नियतले काम नगरिएको बताए । आफू चार महिना अघि निर्वाचित भएर आएपछि किरात धर्म संरक्षण समितिलाई सम्पर्क गर्दा कहिले नआएको उपभोक्ताको हितमा काम गर्दा प्रतिशोतमा उत्रिएको दावि गरे । 

वन कार्यालयले रुख ढाल्ने अभियुक्तहरुलाई कारबाही नगरेको गुनासो गरिरहँदा सब डिभिजन वन कार्यालय बेलबारीका प्रमुख दिपेस मिश्रले भने अनुन्धान प्रकृया अघि बढेको बताए  । डिभिजन वन कार्यालय मोरङले रेन्जर राजेन्द्र घिमिरेलाई अनसुन्धान अधिकृत तोकेर लक्ष्मी सामुदायिक वन समूलाई बयान लिने काम भइरहेको बताए । वन कार्यालय प्रमुख मिश्रले उजुरी दिएमात्र कारबाही अघि बढ्ने भनेपछि साउन १९ गते गैरकानूनी रुपमा रुख ढाल्ने सुजय गौतम र उनले पठाएको ट्याक्टर पक्राउ गरी कारबाही गर्न अनुरोध गर्दै लिखित दिबेदन थिएका थियौ । 

शनिबार अपरान्ह भएको सम्पर्कमा किरात धर्म संरक्षण समितिको परिषरमा काटिएको रुखको बारेमा सब डिभिजन वन कार्यालय बेलबारीको प्रमुख दिपेस मिश्र र लक्ष्मी सामुदायिक वन उपभोक्ताका अध्यक्ष सुजय गौतिमबीचको कुरा भने मेल आएन । त्यहाँ ढालिएको रुखको काठहरु ७० क्युफिट जति वन कार्यालयले जफत गरेको बताए पनि अध्यक्ष गौतमले भने काठ आफूहरुसँगै घाटगद्दीमा रहेको बताए । 

किरात भर्म संरक्षण समितिकाले विज्ञप्ति मार्फत गैर कानूनी रुपमा रुख ढाल्नुको साथै किराती समुदायको धार्मिक क्षेत्रमा अध्यक्ष गौतमले ठाडो रुपमा आक्रमण गरेको उल्लेख छ । रुख काट्ने मानिहरुलाई तत्काल पक्राउ गरेर कानूनी कारबाही नगरे किरात धार्मिक समुदायलाई हेप्ने, हेला होचो गर्ने, आक्रमण गर्नेहरु विरुद्ध उत्रिन बाध्य हुने उल्लेख छ । यता लक्ष्मी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सुजय गौतमले भने वनको जग्गा अतिक्रमण गर्नेहरु विरद्ध कारबाहीमा जानु पर्ने अवस्था आएको बताए । 

किराँत धर्म संरक्षण समितिलाई लक्ष्मी सामुदायिक वन उपभोक्ता समूहले मिति २०५८ सालमा धार्मिक वन दर्ताको लागि शिफारिस दिएको थियो । जिल्लामा त्यो बेला दर्ता नभएपनि करिव १५ कटठा जग्गा घेराबार गरी उनिहरुले नै रुख विरवा रोपेर संरक्षण गर्दै आएका थिए ।