श्री शालिवाहनीय शाके १९४२ ने. सं. ११४१ वि.सं. २०७८ साल श्रावण २९ गते शुक्रबार, १३ अगस्त २०२१ । राक्षस संवत्सर श्रावण शुक्लपक्षको पञ्चमी तिथि १३ः५८ बजेसम्म, उप्रान्त षष्ठी नक्षत्र हस्ता ८ः१२ बजेसम्म, उप्रान्त  चित्रा, चन्द्रमाराशि कन्या, सूर्योदय ५ः३३ र सूर्यास्त ६ः४३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

पारिवारिक भेटघाटले खुसियाली छाउनेछ । प्रतिक्षित काम गर्दै नाम र दाम कमाउन सकिनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आम्दानी बढ्नाले उत्साह जाग्नेछ । श्रमको उचित मुल्य पाइनेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आवश्यकता पुरा गर्न सरसापट लिनुपर्ला । दिगो काम थ ालनी गर्न पनि सकिनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

विहान विवादस्पद काममा हात हाल्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमापुग्न सकिनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

पहिलेका कामबार प्रशस्त लाभ हुनेछ । उठ्नुपर्ने रकम हात लागी हुनेछ । दिन राम्रा छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

तारिफयोग्य कामले धेरैको उपकार गर्न सकिनेछ । किर्तिमानी दिलाउनेछ । सामाजिक जिममेवारी प्राप्त हुनेछ  ।  

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

कामले धेरैको मन जितन  सकिनेछ ।मिहिनेतले किर्तिमानी दिलाउनेछ । पेसामा प्रसस्त फाइदा हुनेछ

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

मिहिनेत गर्दा आम्दानीका स्रोत फेला गर्नेछन् । आवश्यक भौतिक साधन सजिलै जुट्नेछन् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

रमाइलो भेटधाटका वीच स्वादिष्ट भोजनको आनन्द लिने अवसर सचेत जुट्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मिहिनेतीहरुका लागि दिन फलदायी रहनेछ । आजका श्रमबाट पछिलाई फाइदा हुनेयोग रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

अस्वस्थताले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

वस्त्र, आभुषणको व्यापारबाट प्रसस्त लाभ हुनेछ । विद्यामा सफलता पाईनेछ ।