धनकुटा(ब्लाष्ट) स्वास्थ्य उपचार गराउन आएका बिरामीलाई यौनहिंसा गरेको आरोपमा धनकुटा–७ स्थित परिचयमोडमा रहेको सुवास मेडिकलका डा. राज शर्मा पक्राउ परेका छन् ।
उनलाई प्रहरीले सोमबार विहान ६ वजे पक्राउ गरेको हो ।
मध्यराती यौन हिंसामा परेका ५३ वर्षिया विरामी र डा.शर्मा विच एका विहानै भनाभन भैरहेको गस्तीमा वजार निस्किएका प्रहरीले थाहा पाएपछि घट्ना वाहिरीएको हो ।
धनकुटाको पाख्रीवास घर भएका ५३ वर्षिया विरामीले आफूलाई डा.शर्माले मध्यराती मादक पदार्थले मातेर आएर यौनदुव्यवाहार गरेको बताए पछि उनी पक्राउ परेका हुन् ।
उनी सोमवार साँझ धनकुटा वजारमा आयोजना गरिएको एक वर्थ डे पार्टीमा सहभागी भएर राती मेडिकल फर्किएका थिए ।
पिसाब थैली समस्या भई सुवास मेडिकलमा उपचारका लागी भर्ना भएका ५३ वर्षीय ति पुरुषलाई बलात्कार गरेको आरोपमा शर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी दीपककुमार रायले ब्लाष्टलाई जानकारी दिए ।
उनका अनुसार पाख्रीबास नगरपालिकाका ति बिरामीले आफूलाई शर्माले यौनहिंसा गरेको भन्दै मौखिक रुपमा विहानै उजुरी दिएका छन् ।
विराटनगर महानगरपालिका वडा नं.१२ खरैया घर भएका डा. शर्मा केही वर्षदेखि धनकुटामा निजी स्रोतबाट सञ्चालित सुवास मेडिकल हलमा चिकित्सकका रूपमा कार्यरत रहेका छन् ।
राति साढे करिव ११–१२ बजेको समयमा मध्यराती मादक पदार्थ सेवन गरी बिरामी सुतेको कक्षमा पुगेका शर्माले यौनहिंसा गरेको प्रारम्भिक अनुसन्धानमा पुष्टि भएको प्रहरी प्रवक्ता डीएसपी रायले बताए ।
प्रहरीले घट्नाको विषयमा आवश्याक अनुशन्धान भईरहेको र पिडितको लिखित जाहेरी आईसके पछि आवश्याक कानुनी कार्वाही अघि वढाउने डिएस्पी रायले बताए ।
डा. शर्मालाई प्रहरीले आवश्याक अनुसन्धानको लागी हिरासतमा राखेर अनुसन्धान गरिहेको जनाएको छ ।
तस्विर÷धनकुटा नगरपालिका वडा नं.७ परिचयमोडमा रहेको सुवास मेडिकल हल ।