श्री शालिवाहनीय शाके १९४२ ने. सं. ११४१ वि.सं. २०७८ साल साउन २२ गते शुक्रबार, ६ अगष्ट २०२१ । राक्षसनाम संवत्सर, श्रावण कृष्णपक्षको त्रयोदशी तिथि १८ः४८ बजेसम्म, उप्रान्त चर्तुदशी, नक्षत्र आद्र्रा ६ः५३ बजेसम्म, उप्रान्त पुनर्वशु, चन्द्रमाराशि मिथुन, सूर्योदय ५ः२९ र सूर्यास्त ६ः४९ बजे हुनेछ ।



मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आज अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । पारिवारिक सुख मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पारिवारको सहयोगले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुको साथै दाम्पत्य सुखमा रमाउने समय छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज शुभ कार्यको चर्चा चल्नेछ ।  मनमा शान्ति छाउनेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
जग्गा–जमिनको कारोबारबाट प्रशस्त लाभ मिल्ने योग छ । हराएको सामान भेटिनाले मन प्रसन्न रहनेछ ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
राजनैतिक क्षेत्रबाट लाभ मिल्ला । पेटसम्बन्धी समस्याले सताउन सक्छ ।


कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
धार्मिक सभा सम्मेलनमा सहभागी हुने अवसर मिल्ला । समाजका गन्यमान्य व्यक्तिहरूसित भेटघाट हुनेछ ।  


तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज राम्रो अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउनेछन् ।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । मन प्रसन्न रहला । भ्रमणको योग रहेको छ ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
घुमफिर तथा मनोरञ्जनको समय छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलोमा बित्नेछ ।


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
भौतिक साधनले जीवनमा परिवर्तन ल्याउन सक्छ । छोटो दूरीको फलदायी यात्रा पनि हुन सक्ला ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आफन्तसँग सुमधुर सम्बन्ध राख्नका लागि विशेष ध्यान पु¥याउनु होला । शुभचिन्तकको साथ प्राप्त हुनेछ ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आज रमाइलो यात्राको सम्भावना छ  । गरेका कामकाज बाट दीर्घकालीन फाइदा पुग्नेछ । मन प्रसन्न रहला ।