विराटनगर/ मोरङको कटहरी गाउँपालिका – ४ एससीसी इट्टा उद्योग अगाडी एक जना पुरूषको मृत अवस्थामा शव भेटिएको छ । कटहरी – ४ का ५५ वर्षिय रजना ऋषिदेवको मृत अवस्थामा मंगलबार दिउँसो शव भेटिएको हो ।
करिब १२ बजेको समयमा स्थानियले ऋषिदवेको शव मृत अवस्थमा फेला परेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा मोरङ प्रहरीको मुद्दा फाटका इनिस्पेक्टर मिलन थापाको नेतृत्वको घोटी पुगेको छ ।
घटनास्थलमा पुगेको प्रहरी टोलीले घटना मुचुल्का उठाएर शव पोस्टामको लागि विराटनगरस्थित कोशी अस्पताल ल्याएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । ‘शव फेला परेपछि घटनाको अनुसन्धान भइरहेको छ,’ डिएसपी श्रेष्ठले भने, ‘अहिले अनुस्न्धानको क्रममा रहेका छौं । पोस्मार्टम रिपोटपछि थप विषय खुल्नेछ ।’
मृतक ऋषिदेवको शरिरमा चोट पटक पनि लागेको छ । शरीरमा चोटपटक लागेको कारणले स्थानियले दुर्घटनामा परी ऋषिदेवको मृत्यु भएको आशंका गरिएको छ । शव भेटिएको स्थान विराटनगर –रंगेली हुलाकी खडक खण्डदेखि करिब दुई सय मिटर उत्तरमा पर्दछ ।
ऋषिदेवको शरीरमा चोटपटक लागेकोले दुर्घटना भएर मृत्यु भएको हुनसक्ने भएकोले घटनाको विषयमा प्रहरी प्रशासनलाई गहन अनुसन्धान गर्न माग गरिएको कटहरी गाउँपालिका – ४ का वडाअध्यक्ष मन्टु शेखले जानकारी दिए । ‘घटना रहस्मय रहेकोले हामीले प्रहरी प्रशासनलाई गहन अनुस्न्धान गर्न माग गरिएको छ,’ वडाअध्यक्ष शेखले भने ।
मदिरा सेवन गर्ने ऋषिदेवले स्थानिय होटलमा मंगलबार विहान मदिरा सेवन गरेर हिडेको बुझिएको छ ।