श्री शालिवाहनीय शाके १९४२ ने. सं. ११४१ वि.सं. २०७८ साल श्रावण १८ गते सोमबार, ०२ अगस्त २०२१ । राक्षस संवत्सर श्रावण कृष्णपक्षको नवमी  तिथि ११ः४४ बजेसम्म, उप्रान्त दशमी नक्षत्र कृतिका २२ः५६ बजेसम्म, उप्रान्त  रोहिणि , चन्द्रमाराशि वृष, सूर्योदय ५ः२७ र सूर्यास्त ६ः५२ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ । विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लीत हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

अध्यातम भाव जागृत हुनाले परोपकारमा मन जानेछ । धेरैले कामको तापरिफ गर्नेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

शुभचिन्तकहरुले साथ दिनाले पहिलेको चुनौती समाप्त होला । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

गरेका कामबाट तत्काल फाइदा उठाउन मुस्किलै पर्नेछ । अवसर प्राप्त भएपनि ठुलो उपलब्धी हात नलाग्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

स्वास्थ्य कमजोर रहनाले नयाँ काममा जुट्न नसकिएला । गरी आएका कामलाई भने निरन्तरता दिन सकिनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

विभिन्न सहयोग र उपहार हातलागी हुनेछन् । तर गलत व्यक्तिको विस्वासगर्दा काम रोकिन सक्छ ।  

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

अरुको विश्वासको गर्दा शुरुमा काम रोकिन सक्छ । पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

प्रयत्न गर्दा चुनौति जिदँदै काम बनाउन सकिनेछ । शत्रुहरु किनारा लाग्नेछन् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

पहिलेका समस्या दोहोरीनाले अलमलमा परिएला विशेष उपलब्धिका लागि केही समय प्रतिक्षा गर्नुपर्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मन मिल्ने साथीभाइ भेटिए पनि वादविवादले सम्बनध कमजोर बनाउन सक्ने देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आश्वासन दिनेहरुले झुक्याउन सक्छन् । अरुको स्वार्थका लागि उपयोग भइएला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । भाग्यले विभिन्न अवसर थमाउनेछ ।