श्री शालिवाहनीय शाके १९४२ ने. सं. ११४१ वि.सं. २०७८ साल श्रावण १७ गते आइतबार, ०१ अगस्त २०२१ । राक्षस संवत्सर श्रावण कृष्णपक्षको अष्टमी  तिथि ८ः१३ बजेसम्म, उप्रान्त नवमी नक्षत्र भरणी १९ः४९ बजेसम्म, उप्रान्त  कृतिका , चन्द्रमाराशि मेष, सूर्योदय ५ः२७ र सूर्यास्त ६ः५३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । सामाजिक कार्यले हौसला प्रदान गर्नेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा राम्रो फड्को मार्ने समय छ । छोटो समयमा राम्रो हातलागी हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

वस्त्र, आभूषणको व्यापार व्यवसायबाट प्रसस्त लाभ मिल्नेछ । लामो दुरीको यात्रा हुन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

दुध तथा कृषिको व्यापार व्यवसायबाट सोचेअनुरुप लाभ मिल्ला । पेटसम्बन्धी समस्याले सताउन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

राजनैतिक क्षेत्रबाट सफलता मिल्नेछ । पुरानो रोग पनि समाप्त हुने देखिन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

वैदेशिक यात्राको योग रहेको छ । आँखासम्बन्धी समस्याले सताउन सक्ने देखिन्छ ।  

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

प्रेम सम्बन्धमा सफलता मिल्नेछ । सामाजिक तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

जग्गा जमिनको कारोबारबाट प्रसस्त लाभ मिल्नेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

रोकिएको काम बन्नेछ । जिम्मेवारीसमेत बढ्नेछ । अध्ययन अध्यापनमा रुचि बढ्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्ने छन् । आम्दानी बढ्नाले उत्साह जाग्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

विशिष्ट व्यक्तिको सहयोग जुट्नाले महत्वकांक्षी काम बन्न सक्छ । समाजमा तारिफ योग्य काम गर्न सकिनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । चिताएको काम बन्नेछ । केही लाभांश प्राप्त हुनेछ ।