बेलबारी / खाटको अभावमा चिसो भुईमा सुत्न बाध्य उपभोक्ताहरुलाई बेलबारीको एक सामुदायीक वन उपभोक्ता समुहले खाट वितरण अभियान थालेको छ ।

बेलबारी ११ लक्ष्मीमार्ग स्थीत रहेको लक्ष्मी सामुदायीक वन उपभोक्ता समुहले शनिवार एक कार्यक्रमको आयोजना गरी उपभोक्ताहरुलाई खाट वितरण अभियान सुरु गरेको छ ।

चार हजार घरधुरी उपभोक्ता रहेको यस सामुदायीक वनमा करीव चार सय अति विपन्न परिवारले खाट पाउने उक्त सामुदायीक वनका अध्यक्ष सुजय गौतमले बताए ।

अध्यक्ष गौतमका अनुसार चिसो भुइमा सुत्ने उपभोक्ता चिसो भुईमुक्त अभियान अन्तर्गत खाट वितरण अभियान थालेको बताए । शनिवार २२ वटा खाट वितरण गरिएको थियो ।