मोरङ। मोरङ बेलबारी नगरपालिका ९ तिनकुटिया स्थित सडकखण्डमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु र एक जना घाईते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकल चालक बेलबारी ९ का २८ बर्षीय उमेश चौधरी रहेका छन् । बिहीबार राती १० बजे दक्षिणबाट उत्तर जादै गरेको प्र.१-०२-०४३प ५७६८ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई सडकको साईडमा रहेको बिजुलीको पोलमा ठक्कर खाई दुर्घटना भएको थियो ।

सो दुर्घटनामा परि गम्भिर घाइते भएका चौधरीको न्युरो अस्पताल विराटनगरमा राती ११ बजे मृत्यु भएको थियो भने मोटरसाईकल पछाडी सवार सोही स्थानका ३० बर्षीय श्रवण कुमार विश्वाससमेत घाइते भई सोही अस्पतालमानै उपचार भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । मोटरसाईकल अस्थाई प्रहरी चौकी डाँगाबजारमा रहेको छ ।