अविरल वर्षापछि अफगानिस्तानमा गएको बाढीका कारण ६० जनाको मृत्यु भएको छ। बाढीमा कयौं हराइरहेका सरकारी अधिकारीहरुले जनाएका छन्।

पूर्वी अफगानिस्तानको नुरिस्तान प्रान्तको कामदिश घाटीमा बाढीले बढी क्षति गरेको छ। बाढीका कारण कयौं घरहरु भत्किएका छन्।

विद्रोही समूह तालिबानको नियन्त्रणमा रहेको त्यो क्षेत्रमा सञ्चार सम्पर्क विच्छेद भएकाले थप जानकारी प्राप्त हुन नसकेको सरकारी अधिकारीहरुले जनाएका छन्।

बाढीमा हराएकाहरुको खोजी भइरहेको र विस्थापितलाई राहत वितरण गर्न अनुमति दिने तालिबानका प्रवक्ताको भनाई छ। एजेन्सी