मोरङ मिक्लाजुङ गाउँपालिका–५ धानखेतीस्थित सोल्टी खोलाको पुल नबनेपछि स्थानीयले काठको अस्थायी पुल सञ्चालनमा ल्याएका छन् । 

उपभोक्ता समिति गठन भएर १ करोड ८३ लाख लागतमा पुल निर्माणको स्टिमेट तयार गरेर सुरू गरिए पनि साढे तीन वर्षदेखि पुल अलपत्र परेको छ । 

बजेट अभाव र उपभोक्त समितिबीच विवाद उत्पन्न भएपछि पुल निर्माण पूरा हुन नसकेको स्थानीयले बताएका छन्  । पक्की पुल बन्न नसकेपछि अस्थायी रूपमा काठको पुल बनाएर सञ्चालनमा ल्याएका छन् ।

स्थानीयको श्रमदानमा बर्खायाममा अस्थायी काठको पुल बनाएपछि आवत जातवमा सहज भएको मिक्लाजुङ ५ धानखेतीकी भीमकुमारी लिम्बूले बताइन् । 

पुल नबनेकै कारण सडक भए पनि जोखिम मोलेर बर्खायाममा नदी तर्नुपर्ने बाध्यता छ । मोरङको उत्तरी बजार लेटाङ हुँदै जाँते र मधुमल्ला बजार जोड्ने सोल्टी खोलामा पुल निर्माण भएको हो । सोल्टी खोला हुँदै आवतजावत गर्ने सवारीसाधन हिउँदा याममा जसोतसो खोलाबाट तर्छन् तर वर्षायाममा वारिबाट पारि जानसक्ने अवस्था हुँदैन ।

आजको ब्लाष्ट दैनिकमा अनिल श्रेष्ठले लेखेका समाचार प्रकाशित भएको छ । 


बजेट अभावमा अलपत्र पुल

उपभोक्ता समिति गठन गरेर २०७५ भदौ ५ गतेदेखि निर्माण सुरू भएको पक्की पुल अलपत्र परेको छ ।

मिक्लाजुङ ५ का वरडाँडा सामुदायिक वनको १० लाख, सिंहदेवी सामुदायिक वनको १० लाख, धानखेती सामुदायिक वनको ५ लाख गरी तीन वटा सामुदायिक वनले २५ लाख, मिक्लाजुङ गाउँपाकिाले ३० लाख र वडा कार्यालयले ५ लाख रुपैयाँै बजेट विनियोजन हुने स्रोतको सुनिश्चता भएपछि पुल निर्माणको प्रक्रिया सुरू भएको होे । 

प्रारम्भिक चरणमा टेकबहादुर राईको अध्यक्षतामा ९ जनाको उपभोक्ता समिति गठन गरेर पुल निर्माणको प्रक्रिया अगाडि बढेको थियो । 


पुल निर्माणमा अनियमितता भएकै छैनः बजगाईं 

आर्थिक वर्ष २०७६÷०७७ मा प्रदेश १ सरकारले ५० लाख बजेट विनायोजन गरिदिएकोमा ३२ लाख खर्च भएको थियो भने १८ लाख रूपैयाँ फिर्ता गएको उपभोक्ता समितिका सचिव शंकर बजगाईंले जानकारी दिए । 

बजगाईंले हरेक खर्चको पारदर्शी हिसाब राखेको दाबी गरेका छन् । उनले सरकारी निकायलदेखि आएको बजेट सकिएपछि काम रोकिएको बताए । ब्लाष्ट टाइम्स दैनिकमा समाचार प्रकाशित छ ।