बिहीबार थप ३,३६५ जनामा कोरोना संक्रमण देखिएको छ । 

२४ घण्टामा १,३७३ जना संक्रमणमुक्त भएका छन् । यो अवधिमा कोरोनाका कारण थप १६ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ । 

योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ९ हजार ८०७ पुगेको छ ।

देशभर १४ हजार २४२ वटा स्वाब नमुना परीक्षण गरिएकोमा ३,३६५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार हाल देशभर आइसोलेसनमा २७,३५५ जना, संस्थागत आइसोलेसनमा ३,०३५ जना, आईसीयूमा ६३६ जना र भेन्टिलेटरमा १६० जना रहेका छन् ।