विजयपुर। छोरालाई कुटपिट गर्ने सौतेनी आमा पक्राउ परेकी छन् ।

इटहरी–१९ की २५ वर्षीया पक्राउ पर्ने सौतेनी आमा मङ्गलबार पक्राउ परेकी हुन् । सौतेनी आमाले १२ वर्षीय नाबालक छोरालाई पहिलेदेखि नै शारीरिक र मानसिक यातना दिँदै पटक–पटक कुटपिट गर्ने गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रहरीले उनलाई बालबालिका विरुद्धको हिंसामा परेको उजुरीको आधारमा पक्राउ गरेको हो । सौतेनी आमालाई सुनसरी जिल्ला अदालतबाट बालबालिका विरुद्धको हिंसा कसुरमा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।