धनकुटा(ब्लाष्ट) / जेष्ठ नागरिक संघ नगर समिति धनकुटाले नगर क्षेत्रको जेष्ठ सदस्यहरुको आत्मसम्मानको लागी आ.व.०७७/०७८ मा विविध कार्यक्रम संचालन गरेको जनाएको छ ।
संघले आ.व.०७७/०७८ मा संचालन गरेको विविध कार्यक्रमको समिक्षा गर्दै यस्तो जानकारी दिएको हो ।
समिक्षा कार्यक्रममा जेष्ठ नागरिक संघ नगर समिति धनकुटाका अध्यक्ष टिका प्रसाद घिमिरेले धनकुटा नगरपालिकाको १ लाख रुपयाँ आर्थिक सहयोगमा नगरको १० वटै वडामा विविध कार्यक्रम आयोजना गरेको बताए ।
सो अवसरमा उनले सम्वन्धित् वडा कार्यालयको समन्वय र जेष्ठ नागरिक संघ वडा समितिको सिफारिसमा छनौट गरी सिफारिस गरिएका ३० जना जेष्ठ नागरिकलाई सम्मान पत्र, दोसल्ला र कोभिडबाट वच्न स्वास्थ्य सामाग्री प्रदान गरिएको जानकारी दिए ।
जेष्ठ नागरिकहरुलाई जेष्ठ सदस्यले राज्यबाट पाउनु पर्ने सेवा सुविधा र घर परिवारबाट गरिनुपर्ने आत्मसम्मान, सरसफाई र खानपानको विषयमा अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरिएको बताइएको छ ।
अध्यक्ष घिमिरेले जेष्ठनागरिकहरुलाई सम्मान, प्रशिक्षण एवं स्वास्थ्य सामाग्री प्रदान गर्ने क्रममा धनपा–१ को षडेश्वर शिवालय मन्दिर, वडा नं.२ को किन्ताङ, वडा नं.३ को पात्ले स्वास्थ्य चौकीमा कार्यक्रम सम्पन्न गरेको बताए ।
त्यसैगरी वडा नं.४ को दानावारी, वडा नं.५ को कर्मिटार, वडा नं.६ को जेष्ठ नागरिक संघको कार्यालय, वडा नं.७ र ८ को नर्वदेश्वर शिवालय, वडा नं.९ को वडा कार्यालय बेलहरा र वडा नं.१० को उत्तरपानी स्थित् सामुदायिक भवनमा कार्यक्रम सम्पन्न गरिएको बताए ।
जेष्ठ नागरिकहरुको हकअधिकार सचेतनाको लागी वडा वडा मै गएर कार्यक्रम गर्ने क्रममा जेष्ठ नागरिकहरुलाई आँखा शिविर समेत संचालन गरिएको समितिका सचिव पृर्थसिंह दाहालले जानकारी दिए ।
उनले नेत्र ज्योति संघ धनकुटा र डा.राम प्रसार पोख्रेल आँखा अस्पताल धनकुटाको प्राविधिक सहयोगमा सम्वन्धित वडा कार्यालयको समन्वयमा निःशुल्क आँखा जाँच तथा शिशिवर संचालन गरी ८ सय ६८ जनाको आँखा जाँच गरिएको बताए । आँखा जाँच गरिएका मध्ये ९५ जनालाई मोतिया विन्दुको अपरेशन गरिएको थियो ।
कार्यक्रम सम्पन्न गर्ने शिलसिलामा उच्च उमेरका जेष्ठ नागरिक तथा आजीवन सदस्यहरु वडा नं.१ बाट भक्तवहादुर राना, देवीवहादुर लिम्बु, वडा नं.२ बाट भक्तवहादुर भण्डारी, दिलवहादुर थापा, वडा नं.३ बाट मानवहादुर ठकुरी, विष्णुमाया खान ठकुरी, वडा नंं.४ बाट मानवहादुर ढुङ्गेल, झप्ट प्रसाद घिमिरे, वेदराज भट्टराई, होमनाथ अधिकारीलाई सम्मान गरिएको थियो ।
त्यसैगरी वडा नं.५ बाट वुद्धलक्ष्मी प्रधान, विजयलक्ष्मी प्रधान, नयराज राई, पञ्चकुमारी श्रेष्ठ, वडा नं.६ बाट पर्शुराम अर्याल, ठहरवहादुर वस्नेत, शान्ती देवी श्रेष्ठ, महेन्द्र कुमारी श्रेष्ठ, वडा नं.७ बाट रत्नकुमारी डंगोल, हरिभक्त वान्तवा, विमला रेग्मी, दलवहादुर वस्नेत, वडा नं.८ बाट जीतवहादुर आठपहरिया, थैमाया आठपरिया, वडा नं.९ बाट चन्द्रवहादुर न्यौपाने, शुकवीर विक, र वडा नं.१० बाट रामवहादुर भट्टराई, कोशिमाया दर्लामी, खङ्गवहादुर कार्की र चन्द्रकुमारी थापालाई सम्मान गरिएको सचिव दाहालले बताए ।
सो अवसरमा कार्यक्रममा सहभागीहरु मध्येबाट बोल्दै धनपा–१ हिलेका सिताराम थिङ तामाङले जेष्ठ नागरिकहरुको सम्मानमा कार्यक्रम गर्दा कसैलाई काख कसैलाई पाखा नगरी सवैखाले जाति, समुदायलाई समेटेर कार्यक्रम गर्न आग्रह गरे ।
उनले लैगिंक समावेशितामा समेत जोड दिएका थिए । जेष्ठ नागरिकहरुलाई धनकुटा नगरपालिकाले हरेक वर्ष सहयोग गर्दै आएको प्रति धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङलाई सम्पुर्ण जेष्ठ सदस्यहरुको तर्फबाट विशेष धन्यवाद समेत दिए ।
उनले जेष्ठ नागरिकहरुलाई कोभिडको कारण ज्यान जोगाउन ज्यादै गाह्रो परिरहेकाले उनीहरुको स्वास्थ्यलाई विशेष ख्याल गरेर आगमी दिनमा पनि निरन्तर सहयोग गर्न धनकुटा नगरपालिकालाई आग्रह गरेका छन् ।
सहभागी अधिकांशले कोभिडको कारण ज्यान जोगाउन गाह्रो परिरहेका जेष्ठ नागरिकहरुको स्वास्थ्यलाई ख्याल गरेर विशेष खालको ‘जेष्ठ नागरिक वचाउ कार्यक्रम’ ल्याउन नगरपालिकालाई विशेष माग गरेका छन् ।