श्री शालिवाहनीय शाके १९४२ ने. सं. ११४१ वि.सं. २०७८ साल साउन १० गते आइतबार, २५ जुलाई २०२१ । राक्षसनाम संवत्सर, श्रावण कृष्णपक्षको  प्रतिपदा तिथि ६ः०३ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र श्रवण ११ः२८ बजेसम्म, उप्रान्त  धनिष्ठा, चन्द्रमाराशि मकर, सूर्योदय ५ः२३ र सूर्यास्त ६ः५७ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

खर्च लागे पनि कामतर्फ सकारात्मक सङ्केत प्राप्त हुनेछ । पछिका लागि केही वस्तु त्याग्नु पर्नेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

राजनैतिक कार्यमा सफलता मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मिष्ठान्न भोजन मिल्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । दिन राम्रो छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

नसोचेको ठाउँबाट धनागमन हुनेछ । घरपरिवारसँग समय व्यतित हुनेछ । मनोरञ्जनमा दिन बित्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज स्वास्थ्यप्रति सजग रहन आवश्यक छ । आफ्नो अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आज महिलावर्गबाट विशेष सहयोग मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।  

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज आफ्नो कर्र्मबाट प्रभुत्व जमाउन सकिनेछ । साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

शुभकार्यको चर्चा चल्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । बोलीको प्रभावले अरूको मन जित्न सकिनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आज इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । ठूला व्यक्तिले तपाईंका मिहिनेतको प्रशंसा गर्नेछन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आज आकस्मिक धनलाभ हुनेछ । काम देखाएर अरुको मन लोभ्याउन सकिनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । जीवन साथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आज जोस, जाँगर र हिम्मत बढ्नेछ । दैनिक कार्यहरूमा प्रगति हुनेछ । दिन राम्रो रहेको छ ।