मोरङको मिक्लाजुङ गाउँपालिकामा रहेकोे लायन्स क्लब अफ मिक्लाजुङको आयोजनामा शनिबार वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । 

लायन्स क्लबले मिक्लाजुङ ७ मा रहेको मावानुनसरी सामुदायिक वनको हाताभित्र करिब दुई सयको संख्यामा  एभोकाडो, अम्बक, तित्री, सुपाडीलगायत जातका फलफूलका विरुवा रोपेको कार्यक्रम संयोजक दिपेन खड्काले बताए । 

लायन्स क्लब अफ मिक्लाजुङले  अब निरन्तर वातावरण संरक्षण र मानवीय सेवाका कार्यक्रमलाई संचालन गर्ने क्लबका अध्यक्ष छत्र डाँगीले बताए । कार्यक्रममा विशिष्ठ अतिथि जोन चेयर पर्सन खेम सापकोटाले निरन्तर रुपमा लायन्स क्लब सेवा काममा लाग्ने भएकाले वृक्षराेपणसँगै  रोपीएका विरुवाको हेरचाहमा पनि  ध्यान दिने बताए ।  

मावनुनसरी समुदायिक वनका अध्यक्ष जगत  बस्नेतले विभिन्न संघ संस्थासँग समन्वय गर्दै बोटविरुवा रोप्ने र हुर्काउने कार्यमा वनले निरन्तर सहयोग गर्ने बताए ।

वृक्षराेपण कार्यक्रम आफैमा राम्रो कार्यक्रम भएको र यसले हाम्रो मानव जीवनमा ठूलाे महत्व राख्ने भएकाले यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिएर संचालन गर्नु आवस्यक रहेको  कार्यक्रमका प्रमुख अतिथि तथा मिक्लाजुङ गाउँपालिका  ७ का वडाध्यक्ष सुशीलराज चौहानले बताए । कार्यक्रममा लायन्स क्लबका पदाधीकारी, लियो क्लबका पदाधीकारी,  इलाका प्रहरी कार्यालय मधुमल्लाका प्रमुख देवेन्द्र फुयाँललगायतको सहभागिता थियो ।