विराटनगर (ब्लाष्ट)/ विराटनगर – ९ स्थित ग्रिनल्याण्ड कलेजले ४१ जना विद्यार्थीलाई सम्मान गरेको छ ।

पुलचौक इन्जिनेरिङ कलेजसहित विभिन्न कलेजमा नाम निकाल्न सफल भएका उत्कृष्ट ४१ विद्यार्थीलाई कलेजले मंगलबार एक कार्यक्रम आयोजना गरि सम्मान गरेको हो । 

कलेजले इन्जिनियरिङतर्फ नाम निकाल्दै छात्रवृत्ति पाउन २४ जना, बीबीएमा ८ र बीएससी एजीमा छात्रवृत्ती पाउने ८ जना गरि ४१ जना विद्यार्थीलाई कलेज परिसरमा सम्मान गरेको ग्रिनल्याण्ड कलेजका प्रिन्सिपल दिपक पोखरेलले जानकारी दिए । सम्मानित हुने विद्यार्थीहरूलाई कलेजले मायाको चिनो र फुलको गुच्छाले सम्मान गरेको थियो ।

उनीहरूलाई कलेजका प्रिन्सिपल पोखरेल, संचालकहरू दिनेश दाहाल, रविन्द्र घिमिरे, राजिव मिश्रालगायतले सम्मान गरेका थिए । गुणस्तरीय शिक्षा प्रदान गर्ने ग्रिनल्याण्डले प्रत्येक वर्ष उत्कृष्ट नतिजा पनि ल्याएको आएको छ । 

IMG_1400 2

IMG_1396 1