इटहरी उपमहानगरपालिकाले दुई वटा क्याम्पस र तीन वटा विद्यालयमा सेनिटरी प्याड डिस्पोजल मेसिन प्रदान गरेको छ ।

शारदा मावि खनार, जनता मावि इटहरी र पकली माविका लागि  मेसिन प्रदान गरिएको हो । उपप्रमुख लक्ष्मी गौतमले जनता क्याम्पस इटहरी र राष्ट्रिय जनसहयोग कलेज इटहरीलाई सेनिटरी प्याड डिस्पोजल मेसिन हस्तान्तरण गरिन् ।  

प्रयोग भइसकेका सेनिटरी प्याडे मेसिनमा हालेपछि मेसिनले जलाएर खरानी बनाउने गर्छ । प्याड जथाभावी फाल्दा फोहोर हुने र शौचालयको प्यान नै टालिने समस्या हुने गरेकाले उपमहानगरपालिकाबाट मेसिन सहयोग भएपछि सहज हुने शारदा मावि खनारका प्रधानाध्यापक पिताम्वर सिं राईले बताए ।