पूर्व क्षेत्रीय प्रहरी बहुउद्देश्यीय भवन कार्यसमितिका ब्याडमिन्टन खेलाडीहरुले संघीय इकाइ प्रहरी कार्यालयका धरानका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्रप्रसाद चौधरीलाई बुधबार एक कार्यक्रमका बीच बिदाइ गरेका छन् । 

सोही कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट सरुवा भएर आएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गोविन्दकुमार साहलाई स्वागत गरिएको छ । यसैगरी प्रहरी उपरीक्षक (एसपी) भीमबहादुर दाहाललाई पनि स्वागत गरिएको छ । उनी जिल्ला प्रहरी कार्यालय उदयपुरबाट सरुवा भई आएका हुन् । 

बिदाई कार्यक्रममा बोल्दै एसएसपी चौधरीले खेलले भाइचारा, आपसी सम्बन्ध, सहयोगको विकास हुने बताए । प्रहरी र खेलाडीबीचको समन्वयमा सामाजिक कार्य भइरहेको बताए । प्रहरी स्कुल, आसरा सुधार केन्द्र लगायतका सामाजिक काममा धरानवासीहरुको अमूल्य सहयोग रहेको बताए ।   

बिदाई तथा स्वागत कार्यक्रममा नेपाल ब्याडमिन्टन संघका केन्द्रीय उपाध्यक्ष चन्द्रशेखर लामा, भवनका पूर्व अध्यक्ष गणेश राई, नेपाल पुलिस स्कुल धरानका प्रिन्सिपल डिकेन्द्र राय, धरान उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडालगायतको उपस्थिति रहेको थियो ।  

भवनका अध्यक्ष झमकबहादुर बस्नेत (जनक कोब्रा) को अध्यक्षतामा औपचारिक कार्यक्रम भएको थियो । बिदाई गरिएका एसएसपी चौधरीलाई भवनको कार्यसमितिले संघीय इकाइ प्रहरी कार्यालयस्थित बहुउद्देश्यीय भवनमा मायाको चिनो प्रदान गरी सम्मानसहित बिदाइ गरेको थियो । एसएसपी साह र एसपी दाहाललाई खदा लगाएर स्वागत गरिएको थियो । एसएसपी चौधरी १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर सरुवा भएका छन् ।