श्री शालिवाहनीय शाके १९४२ ने. सं. १८४१ वि.सं. २०७८ साल असार १७ गते बिहीबार, १ जुलाई २०२१ । राक्षसनाम संवत्सर, असार कृष्णपक्षको सप्तमी तिथि १४ः१९ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र उत्तरभाद्रपदा भोलि ४ः०३ बजेसम्म, उप्रान्त रेवती, चन्द्रमाराशि मीन, सूर्योदय ५ः११ र सूर्यास्त ७ः०३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
बसाइको स्थानान्तरण वा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ । स्वास्थ्यमा समस्या रहला ।

 बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
दूध तथा कृषिजन्य व्यापार–व्यवसायबाट प्रशस्त लाभ हुनेछ । मिष्ठान्न भोजन मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रेमसम्बन्धमा निखारता आउनेछ । आफन्त एवम्इ ष्टमित्रहरूको भरपूर सहयोग मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । समय मध्यम्खालको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
भूमि तथा पशुधन लाभ हुनेछ । टाढिएका आफन्त नजिकिनेछन् । समय उत्तमखालको छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नियमित काम अवरोध आउँदा केही अलमल हुनेछ । अध्ययनमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कामकाजमा केही अलमल हुनेछ । प्रयत्न गर्दा अध्ययनमा प्रगति हुनेछ । दिन सामान्य छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
दिगो काममा जग बसाउने मौका छ । मिहिनेतले लक्ष्यमा पु¥याउनेछ । आँटेको काम सफल हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
साहसी काम गरेर लाभ उठाउन सकिनेछ । प्रतिपक्षीहरूसमेत सहयोगी बन्नेछन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रियजनसँग रमाइलो भेटघाट हुनेछ । धेरै आफन्तसँग सम्पर्क बन्नेछ । प्रेममा मधुरता छाउनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रेमको बन्धन कमजोर हुनेछ । न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ने हुन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मिहिनेतको फल अरूकै हातमा पर्न सक्छ । स्वास्थ्यका लागि आहार विहारमा ध्यान पु¥याउनु होला ।


ज्यो.पंः मोहन घिमिरे
मो.नंः ९८१०४२५२५१