श्री शालिवाहनीय शाके १९४२ ने. सं. १८४१ वि.सं. २०७८ साल असार १३ गते आइतबार, २७ जुन २०२१ । राक्षस संवत्सर असार कृष्णपक्षको तृतिया तिथि १६ः१२ बजेसम्म, उप्रान्त चतुर्थी नक्षत्र श्रवण १ः३७ बजेसम्म, उप्रान्त धनिष्ठा, चन्द्रमाराशि मकर, सूर्योदय ५ः१० र सूर्यास्त ७ः०३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
पहिलेका कामबाट प्रशस्त लाभ हुनेछ । उठ्नुपर्ने रकम हातलागी हुनछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
शुभसमाचार सुन्नपाइनेछ । बुद्धिको उपयोग गर्दाजटिल ठानिएको कामसमेत सम्पादन हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
धर्म कर्म र सामाजिक कार्यमा मन जानेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
विद्या र बुद्धिको ह्रास हुनसक्छ । झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
इच्छा र आकाङक्षा पूर्ण हुनसक्छ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । दिन राम्रो छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सहयोगी हातहरु अघि बढ्नेछन् । आफन्तको प्रगतिमा मन रमाउनेछ ।  

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
स्वास्थ्यमा समस्या आउनेछ । खानपानमा विचार पू¥याउनु होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सवारी साधन खरिद गर्ने योग रहेको छ । वैदेशिक यात्राको योग रहेकोछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आज कुनै न कुनै माध्यमबाट आफन्तसँग भेटघाट हुनेछ । मन प्रसन्न रहनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आम्दानी बढाउने काम सुचारु गर्न सकिनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज जोशजाँगर र हिम्मत बढ्नेछ । धर्म कर्म परोपकार समाज सेवामा मन जानेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आज नयाँ र शुभकार्यको योजना बन्नेछ । आँटेको र ताकेको कार्य पुराहोला ।