विराटनगर । नेपाल औषधि व्यवसायी संघको ४८ औं स्थापना दिवसको अवसर पारेर दृष्टिविहीन परिवारलाई मोरङ शाखाले खाद्यान्य सहयोग गरेको छ ।
नेपाल औषधी व्यवसायी संघ मोरङ शााखाले स्थापना दिवसको अवसरमा सप्ताहाव्यापी कार्यक्रम मनाउने क्रममा मोरङको कटहरी गाउँपालिका – २ आर्दशटोलमा रहेको एक दृष्टिविहनी परिवारलाई खाद्यान्य सहयोग गरेको हो ।
चार जनाको परिवारलाई संघले महिनादिनभरी पुग्ने खाद्य सामाग्री हस्तान्तरण गरेको संघका उपाध्यक्ष तथा प्रवक्ता देशबन्दु ढकालले जानकारी दिएका छन् । निषेधज्ञाको समयमा अफ्ठयारोमा परेका दृष्टिविहनी परिवारलाई संघले सामाजिक उत्तदरदायित्व अन्र्तगत रहेर खाद्य सामाग्री वितरण गरेको हो । सोही अवसरमा संघले चार जनाको परिवारको निःशुल्क स्वास्थ्य विमा र एक जना छोरालाई रोजगारीको व्यवस्था गरिदिने र छोरीलाई अध्ययनमा सहयोग गर्ने उपाध्यक्ष ढकालले जानकारी दिए ।
स्थापना दिवसको अवसर पारेर सघंले विराटनगरस्थित कोशी अस्पतालका विरामीलाई फलफूल दिने कार्यक्रम रहेको छ । सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन असार १० गते संघको विराटनगरस्थित कार्यक्रलयमा विहान ८ बजे झण्डोतोलन कार्यक्रम रहेको छ । सोही दिन विहान ९ बजे विराटनगरको हस्पिटल चौकमा खुल्ला रक्तदान कार्यक्रम छ । साझ संघमा आवद्ध भएका सम्पूर्ण सदस्यहरुले औषधी पसल अगाडी स्थापना दिवसको अवसरमा दिप प्रज्वलन कार्यक्रम राखिएको छ ।
सप्ताहव्यापी कार्यक्रम अन्र्गत आइबार र सोमबार मोरङको उर्लाबारी – ७ मा रहेको नमूना बाल गृहका बालवालिकाहरूको लागि महिना दिनसम्मलाई पुग्ने खाद्यान्य र स्वास्थ्य सामाग्री वितरण गरेको छ । संघले मोरङको पूर्वी क्षेत्रका संचारकर्मीहरू आवद्ध भएका संचार क्लब उर्लाबारीलाई स्वास्थ्य सामाग्री वितरण गरिसकेको छ ।