श्री शालिवाहनीय शाके १९४२ ने. सं. १८४१ वि.सं. २०७८ साल असार ९ गते बुधबार, २३ जुन २०२१ । राक्षस संवत्सर जेष्ठ शुक्लपक्षको त्रयोदशी तिथि ७ः१२ बजेसम्म, उप्रान्त चतुर्दशी नक्षत्र अनुराधा ११ः५८ बजेसम्म, उप्रान्त ज्येष्ठा, चन्द्रमाराशि वृश्चिक, सूर्योदय ५ः०९ र सूर्यास्त ७ः०२ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

रोकिएका काम पुनः सुरु हुन सक्छन् । श्रमको उचित मुल्याङ्कन हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

स्वास्थ्यले  साथ देला । शत्रुमाथि विजय प्राप्त हुनेछ । पराक्रममा वृद्धि होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

तपाईको बोली तथा वाणीको प्रभावमा वृद्धि हुनेछ । उत्तम भोजन प्राप्त होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । धार्मिक तथा समाजिक कार्यमा रुचि बढ्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

मिहिनेतले राम्रो परिणाम प्राप्त हुनेछ । भौतिक साधन जुट्ने छ । दिन राम्रो छ ।  

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आँखा सम्बन्धी समस्याले सताउन सक्छ । सवारि साधन चलाउदा विचार पु¥याउनु होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

अवसर र व्यवधानका वीचबाट कर्मफल सफल हुनेछ । अरुको विश्वास जित्नुहुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

वैदेशिक यात्राको योग रहेको छ । पारिवारिक समस्याले गर्दा मानसिक चिन्ता बढ्न सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

होटल, आभुषणको व्यापार व्यवसायबाट प्रसस्त लाभ रहला । प्रेम सम्बन्ध सफल रहला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

घर निर्माण सम्बन्धी कार्य गर्दा सफलता मिल्नेछ । यात्रा रहला पढाईमा रुचि बढ्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

सेयरमा लगानि गर्दा प्रसस्त लाभ हुनेछ । धार्मिक तथा सामाजिक कार्यमा मन बढ्नेछ ।