श्री शालिवाहनीय शाके १९४२ ने. सं. १८४१ वि.सं. २०७८ साल असार ८ गते मङ्गलबार, २२ जुन २०२१ । राक्षसनाम संवत्सर, ज्येष्ठ शुक्लपक्षको द्वादशी तिथि १०ः३६ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र विशाखा १४ः३४ बजेसम्म, उप्रान्त अनुराधा, चन्द्रमाराशि तुला, सूर्योदय ५ः०८ र सूर्यास्त ७ः०२ बजे हुनेछ ।


मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ । ईष्र्या गर्नेहरूले अवरोध पुर्याउलान् ।


वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
रोकिएका कामले अलमल्याउन सक्छ । टाढिएका सन्तानलाई आमाको यादले सताउनेछ ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आफ्नो कमजोरीको फाइदा अरूले उठाउने हुँदा योजना गोप्य राखेर अघि बढ्नुहोला ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
शुभचिन्तकहरूको सहयोगले सामान्य फाइदा हुनेछ । मिहिनेतले गर्दा नियमित काम बन्नेछ ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
भौतिक साधन जुट्नाले दिगो फाइदा हुनेछ । हिम्मतले काम बनाउन सकिनेछ ।


कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ । व्यवसायमा राम्रै लाभ हुनेछ ।  


तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ । पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ ।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आवेसको निर्णयले समस्या निम्त्याउन सक्छ । वाणीमा संयमता अपनाउनु होला ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अनावश्यक पर्दा सरसापट वा कर्जामार्फत् धन जुटाउन सकिनेछ । खर्च भने केही बढ्नेछ ।


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
राजनैतिक क्षेत्रमा सफलता पाइनेछ । सामाजिक तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आफन्त तथा साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला । परिवारमा केही असमझदारी बढ्न सक्छ ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सानातिना समस्यामा अल्झिनु पर्नेछ । स्वास्थ्यमा समस्या आउनाले अनावश्यक धन खर्च होला ।