सुनसरीमा जारी निषेधाज्ञालाई खुकुलो पारिएको छ । जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको डीसीसीएमसीको बैठकले निषेधाज्ञालाई खुकुलो पार्दै अघि बढ्ने निर्णय गरेको छ ।

जस अनुसार मंगलबारबाट सबै पसल विहान ५ बजेबाट मध्यान्ह १२ बजेसम्म खोल्न दिइने भनि निर्णय गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिए।

प्रजिअ ढकालले गुद्री, सब्जी मण्डी र हाटबजार भने खोल्न नपाइने बताए । विहान चिया पसल समेत खोल्न नपाइने उनले बताए ।

त्यसैगरी होटल रेष्टुरेन्टको हकमा होम डेलिभरी तथा टेक अवे मात्रै गर्न पाइने ढकालले जानकारी दिए ।

सुनसरी प्रशासनले दुधडेरी, सब्जी, खाद्यान्न, पशुजन्य आहार ढुवानीका साथै कृषि कार्य, उद्योग कलकारखाना, विकास निर्माण कार्य, ढुवानीका साधन भने निर्वाध सञ्चालन गर्न पाईने निर्णय भएको जनाएको छ ।

बैठकको पछिल्लो निर्णयसँगै सुनसरीमा जारी निषेधाज्ञाको अवधि भने असार १४ गते मध्यराती सम्म लम्म्ब्याइएको छ ।

अन्य निर्णयको हकमा भने यस अघिको सरह लागु रहने जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

1 8


2

3