पाँचथर/ पाँचथरको याङ्वरक गाउँपालिका–२, फलैंचामा सोमबार पहिरोले पुर्दा एक व्यक्तिको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा सोहि स्थान बस्ने ५७ बर्षीय टेकनाथ धौराली रहेको प्रहरीले जनाएको छ । उनी स्थानीय इन्द्रावती आधारभूत विद्यालयका शिक्षक हुन् ।

स्थानीय नुवाखोलाबाट ल्याइएको कडरीया कुलो सोहोर्ने क्रममा माथिबाट झरेको पहिरोमा पुरिन पुगेका धौरालीको घटनास्थलमै मृत्यु भएको सो वडाका वडा अध्यक्ष देउकुमार योङहाङले बताए ।

कुलो चार जनाले सोहोरिरहेका थिए । पहिरोमा परि अर्का एक जना घाइते भएका छन् ।